तीन महिना – ८७ वटा उद्योग दर्ता, १ खर्ब लगानी प्रस्ताव

२ बर्ष अगाडि

चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ८७ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले दिएको जानकारी अनुसार साउनदेखि असोज महिनासम्ममा स्वदेशी तथा विदेशी गरेर ८७ वटा उद्योग दर्ता भएका हुन् । 

दर्ता भएका उद्योगहरुमा कुल १ खर्ब २२ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ । उक्त लगानी प्रस्तावबाट ८ हजार १३४ जनाले रोजगारी पाउने विभागले बताएको छ । यसमध्ये १०७ वटा विदेशी लगानीले स्वीकृती पाएका छन् भने २४ अर्ब रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।

तीन महिनाको अवधिमा प्याटेन्ट दर्ता शून्य रहँदा ५ वटा डिजाइन दर्ता र ९१० वटा टेड्रमार्क दर्ता भएका छन् । यसैगरी, यो अवधिमा १४ वटा प्रारम्भिक वातावरणीय परिक्षण ९आईई० सम्पन्न भएको विभागले जानकारी दिएको छ । असोज महिनासम्ममा अर्काको ट्रेडमार्क चोरी गर्ने ५४ फर्मरउद्योगलाई कारबाही गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया