लोकसेवा आयोगमा ठूलो संख्यामा कर्मचारी माग, कसरी र कहिलेसम्म दिने आवेदन ?

बुधबार, २४ कार्तिक २०७८, १७ : ३३

काठमाडौं, लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाका आठौ र सातौ तहका पदमा जागिर खुलाएको हो ।

आयोगका अनुसार स्वास्थ्यका ७ औँ र ८औं तहमा विभिन्न पदका लागि ९६ जना कर्मचारीको दरखास्त आह्वान गरिएको हो ।  माग गरिएअनुसार कर्मचारी खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धा मार्फत उक्त पदपूर्ति गरिने लोक सेवा आयोगले बताएको छ ।

लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदका लागि कर्मचारीको माग गर्दै विज्ञापन खुला गरेको हो।

यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ । आयोगले इच्छुकलाई आवेदन दिन आह्वान गरेको छ । आवेदन psconline.psc.gov.np मार्फत् दिन सकिनेछ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिने सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मंसिर २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

No photo description available.

No photo description available.

बुधबार, २४ कार्तिक २०७८, १७ : ३३

प्रतिक्रिया