हिजो ५०० रुपैयाँले घटेको सुनको मूल्य आज २०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०२ मंसिर २०७८, १० : ५२

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो बुधबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । 

हिजो बुधबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

विहीबार, ०२ मंसिर २०७८, १० : ५२

प्रतिक्रिया