नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२ बर्ष अगाडि

काठमाडौं - आज विहिबार फेरी नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो बुधबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । 

हिजो बुधबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया