काठमाडौं, नोभेम्बर २०२१ मा भारतको व्यापार घाटा (आयात र निर्यातबीचको भिन्नता) २३.२७ अर्ब डलरको रेकर्ड स्तरमा पुगेको छ। यो गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको १०.१९ अर्ब डलरभन्दा करिब १२८.३० प्रतिशत बढी हो।
चालू आर्थिक वर्षको ८ महिना (अप्रिल–नोभेम्बर, २०२१) को अवधिमा व्यापार घाटा १२१.९८ अर्ब डलर थियो। यस अवधिमा वस्तु आयात ३८४.४४ अर्ब डलर थियो, जुन २०२० अप्रिल–नोभेम्बरमा २१९.१९ अर्ब डलरबाट ७५.३९ प्रतिशत बृद्धि भएको र अप्रिल–नोभेम्बर २०१९ को ३२४.५९ अर्ब डलरको तुलनामा १८.४४ प्रतिशत बृद्धि भएको देखिन्छ।
त्यसैगरी, भारतको व्यापारिक निर्यात नोभेम्बर २०२१ मा वार्षिक रूपमा २६.४९ प्रतिशत बढेर २९.८८ अर्ब डलर पुगेको छ, जुन गत वर्षको सोही अवधिमा २३.६२ अर्ब डलर थियो।
कुल निर्यातको २८.१९ प्रतिशत हिस्सा ओगटेको इन्जिनियरिङ सामानको निर्यात वार्षिक रूपमा झण्डै ३७ प्रतिशतले बढेर ८ अर्ब डलर पुगेको छ। पेट्रोलियम उत्पादनको निर्यात वार्षिक रूपमा १४५.३ प्रतिशतले बढेर ३.८२ अर्ब डलर पुगेको छ। यद्यपि, रत्न र आभूषणको बाहिरी ढुवानी यस महिनामा ११ प्रतिशत घटेर २।४ बिलियन डलरमा समेटिएको छ।
वाणिज्य तथा उद्योग मन्त्रालयको तथ्यांकअनुसार, नोभेम्बर २०२१ मा आयात ५३.१५ अर्ब डलर रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७.१८ प्रतिशतले बढेको छ। नोभेम्बर २०२० मा यो ३३.८१ अर्ब डलर थियो। नोभेम्बर २०१९ मा, आयात ३८.५२ अर्ब डलर थियो। नोभेम्बर २०२१ लाई नोभेम्बर २०१९ सँग तुलना गर्दा, यो वृद्धि ३७.९६ प्रतिशत बढी हो।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.८८ | १२९.५१ |
GBP (UK POUND STERLING) | १ | १५१.४५ | १५२.१८ |
CHF (SWISS FRANC) | १ | १२३.१४ | १२३.७४ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.५८ | ८५.९९ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.६६ | ९६.१३ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.६८ | ८९.११ |
JPY (JAPANESE YEN) | १० | ९.५६ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.८५ | ३४.०१ |
THB (THAI BAHT) | १ | ३.५५ | ३.५७ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६३ | ९.६७ |
SEK (SWEDISH KRONER) | १ | १२.२६ | १२.३२ |
DKK (DANISH KRONER) | १ | १७.३२ | १७.४० |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.५९ | ४०४.५४ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९२ | ३२९.५१ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।