हुवासिन सिमेन्ट ३ हप्ताभित्र उत्पादन हुने, सिमेण्टको भाउ घट्ने

२ बर्ष अगाडि

चिनियाँ लगानी रहेको  हुवाासिन सिमेन्ट उद्योगले आगामी तीन साता भित्र उत्पादन शुरु गर्ने भएको छ । 

नेपाल विद्युत प्राधिकरणले उद्योगमा सोमबारदेखि  उद्योग परिसरसम्म बिजुली उपलब्ध गराएपछि उद्योगले उत्पादन शुरु गर्ने भएको हो ।

हाल परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको उद्योगले जनाएको छ । “हामी परीक्षण उत्पादनको अन्तिम तयारीमा छौँ । आवश्यक उपकरण जडान भइसकेको तथा केही सामान्य काम मात्रै बाँकी छ । ती पनि केही दिनभित्रै सकिन्छ”, उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले भने।

प्राधिकरणले बेनिघाट रोराङ गाउँपालिकाको ताल्दीमा निर्माणाधीन उद्योगका लागि मस्र्याङदी काठमाडौँ १३२ केभी प्रसारण लाइनबाट २० मेगावाट विद्युत प्राप्त उपलब्ध गराएको छ । 

विद्युत आपूर्तिका लागि उद्योग आफैँले करिब  एक अर्ब खर्चमा १४ किलोमिटर प्रसारण लाइन प्रसारण लाइन निर्माण गरेको छ । धादिङको सिद्धलेक गाउँपालिका–६ मा रहेको स्वीचिङ स्टेशनमार्फत तनहुँको तल्लो मस्र्याङदी विद्युत गृहबाट आएको प्रसारण लाइनबाट १३२ केभी क्षमताको सबस्टेशन निर्माण गरि विद्युत उपलब्ध गराइएको हो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग रपरिससम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ सो संरचना तयार पारेको हो । 

लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड रुपैयाँ बराबरको लागतमा निर्माण शुरु भएको उद्योगको निर्माण लागत कोभिड १९ लगायतका विभिन्न कारणले बढेको बताइएको छ ।

नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो । अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो तीन वर्षदेखि नियमित रुपमा उत्पादन गरिरहेको छ । केही समय पहिलेदेखि मात्रै हुवासिनले उद्योगले पनि नियमित रुपमा ३० मेगावाट बिजुली पाएको छ ।

हुवासिनले उत्पादन थालेपछि नेपालमा सिमेण्टको मूल्य घट्ने जनाइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया