कतारमा अवैधानिकरूपमा कार्यरत कामदारलाई वैधानिक हुने बाटो खुला

२ बर्ष अगाडि

काठमाडौं - कतारमा विभिन्न कारणले अवैधानिकरूपमा कार्यरत कामदारहरूलाई यहाँको सरकारले वैधानिक हुन बाटो खुला गरेको छ । 

आप्रवासी कामदारहरूको आगमन, प्रस्थान र नियमन गर्न बनेको सन् २०१५ को कानून नं १५ को उल्लंघन गरी गैरकानूनीरूपमा कतारमा बसेका कामदारहरूले आधा जरिवाना शुल्क तिरेर आफूले चाहेको कम्पनीमा वैधानिक हुन सकिने यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

आफ्ना कामदारहरूको कतारी आइडी नलगाएका कम्पनीले पनि उक्त कानूनको प्रयोग गरी कामदारलाई वैध बनाउन सक्ने मन्त्रालयले जनाएको छ । गएको अक्टोबर १० देखि खुला भएको यस आममाफी तथा वैध हुने प्रक्रियाको अन्तिम म्याद यही डिसेम्बर ३१ सम्म रहेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया