युएईले कामदारलाई हप्तामा दुई दिन विदा दिने

२ बर्ष अगाडि

काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई) ले हप्तामा दुई दिन विदा दिने भएको छ । नयाँ वर्ष २०२२ को जनवरीबाट लागू हुने गरि युएईले आफ्नो कार्यहप्ता सोमबार देखि शुक्रबारसम्म पाँच कार्य दिन बनाउने भएको हो ।

जनवरीदेखि युएईका कामदार तथा कर्मचारीले शनिबार र आइतबार विदा पाउनेछन् । कर्मचारीहरुको कार्य दक्षता उकास्ने र सामाजिक जीवनस्तर वृद्धि गर्ने सोच सहित यो व्यवस्था गर्न लागेको जनाइएको छ ।

यो व्यवस्थाले वैदेशिक रोजगारीका लागि युएईमा रहेका नेपालीहरु समेत लाभान्वित हुने भएका छन् । नेपाली कामदारका लागि युएई चौथो प्रमुख गन्तव्य हो । त्यहाँको कुल जनसंख्या मध्ये करिब ३ लाख जनसंख्या नेपालीहरुको छ ।

युएईका सरकारी कर्मचारीहरुलाई भने पारम्पारिक मुश्लिम बिदा दिवसलाई कायम गर्दै शुक्रबार आधा दिन मात्रै काम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया