आकर्षक गन्तव्यहरुमा सहजरुपमा नेपाली कामदार पठाउन गम्भीर हुनु पर्ने

२ बर्ष अगाडि

काठमाडौं - नयाँ श्रममन्त्री र त्यसपछिको मन्त्रालय नेतृत्वले वैदेशिक रोजगारका लागि नयाँ गन्तव्यको खोजी गरिने प्रतिबद्धता पटक पटक दोहो¥याउँदै अएको छ । 

यसबाट खाडीमा मात्र डिमाण्डका लागि अस्वस्थ प्रतिस्पर्धा गरिरहनु परेका व्यवसायीहरु उत्साहित भएका छन् । तर अहिले भएकै आकर्षक गन्तव्यहरुमा सहजरुपमा नेपाली कामदार पठाउन झन्झटिलो अवस्थाबारे पनि मन्त्रालयको गम्भीर ध्यान जानु पर्ने देखिएको छ । 

वैदेशिक रोजगार विभागबाट देशगत अनुमति लिनुपर्ने बाध्यताले नेपाली कामदारका लागि आकर्षक मानिएका देशको रोजगारी प्रभावित हुँदै आएको छ । 

वैदेशिक रोजगार ऐनले तोकेको बैंक ग्यारेन्टी तथा धरौटी राखेर ऐनले तोकेका प्रक्रिया पूरा गरी वैदेशिक रोजगार गर्ने इजाजत लिइसकेपछि पनि वैदेशिक रोजगार विभागबाट पुनः देशगत अनुमति लिनुपर्ने बाध्यताले नेपाली कामदारका लागि आकर्षक मानिएका देशको रोजगारी प्रभावित भएको हो ।  

जापानका रोजगारदाताले नेपाली कामदार लिन धेरै अडाडिदेखि रूची देखाइरहेका छन् । निजी क्षेत्रका वैदेशिक रोजगार व्यवसायीले आ–आफ्नो  क्षमता अनुसार पहल गरेर नेपाली कामदारका लागि आकर्षक रोजगारीको अवसर पनि भेटेका छन् । 

जापानका करिब चार कम्पनीसँग सम्झौता गरेर नेपाली कामदार पठाउन खोजेपनि विभागले अनुमति नदिँदा कम्पनीले लामो समयदेखि गरेको प्रयास सफल हुन नसकिरहेको म्यानपावरहरुले जनाएका छन् ।  

जापान नेपाली कामदारको लामो समयदेखिको आकर्षक रोजगार गन्तव्य हो । जापानमा विदेशी कामदारले मासिक न्यूनतम दुई लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउँछन् भने  जापानले आफ्ना नागरिकसरह विदेशी कामदारलाई सेवासुविधा दिँदै आएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया