चीनको बैदेशिक व्यापार २२ प्रतिशतले बढ्यो, ५.५५ ट्रिलियन डलर पुगेको तथ्यांक सार्वजनिक

२ बर्ष अगाडि

चीनको बैदेशिक व्यापार २२ प्रतिशतले बढेको छ । सन् २०२१ को पहिलो ११ महिनामा अघिल्लो कुल आयात निर्यात २२ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ । 

ब्यापार बढ्दा आयात निर्यात  ३५.३९ ट्रिलियन युआन अर्थात ५.५५ ट्रिलियन अमेरिकी डलर पुगेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२० को लागि कुल ३२.१६ ट्रिलियन युआनलाई पार गरिसकेको यो सङ्ख्या २०१९ मा महामारी स्तरको तुलनामा २४ प्रतिशतले बढेको हो ।

दुवै निर्यात र आयातले वर्षको पहिलो ११ महिनामा दोहोरो अङ्कको वृद्धि जारी राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २१.८ प्रतिशत र २२.२ प्रतिशतले बढेको छ ।

नोभेम्बरमा मात्रै  देशको आयात र निर्यात वर्षको तुलनामा २०.५ प्रतिशतले बढेको छ जुन अक्टोबरको तुलनामा ११.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया