चार महिनामा १० करोड बढीको विद्युतीय चुलो आयात, सबैभन्दा बढि चीनबाट

२ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको चार महिना सम्ममा १० करोड भन्दा बढी मूल्यको विद्युतिय चुलो आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार भारत र चीनबाट १० करोड २९ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युतीय चुलो आयात भएको हो ।

जसमा ६ करोड ४४ लाख ९० हजार बराबरको २७ हजार ७०२ इन्डेक्सन चुलो र ३ करोड ८५ लाख ५ हजार बराबरको १७ हजार २४४ इन्फ्रारेड चुलो आयात भएको विभागले जनाएको छ ।

आयात भएको विद्युतीय चुलो मध्य सबैभन्दा बढी चीनबाट भित्रिएको हो । चार महिनामा चीनबाट मात्रै ९ करोड १ लाख ९७ हजार रुपैयाँ बराबरको ३८ हजार ६०४ वटा विद्युतिय चुलो आयात भएको हो ।

जसमा ५ करोड १६ लाख ९२ हजार बराबरको २१ हजार ३६० वटा इन्डक्सन चुलो र १७ हजार २४४ वटा ३ करोड ८५ लाख ५ हजार रुपैयाँ बराबरको इन्फ्रारेड चुलो आयात भएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया