प्रदेश नं. १ को लोक आयागले माग्यो २७३ जना कर्मचारी, कहिलेसम्म दिनुपर्ने आवेदन ?

सोमबार, ०५ पुस २०७८, १५ : ४१

काठमाडौं, प्रदेश लोक सेवा आयोग प्रदेश नं. १ ले २७३ पद संख्यामा रोजगारी खुलाएको छ । आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अप्राविधिक तर्फका पदहरुको लागि रोजगारी खुलाएको हो ।

प्रदेश नं. १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवा तर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका पदहरुमा आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परिक्षाद्धारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो ।

इच्छुक व्यक्तिले पुष २५ गतेसम्म आयोगको अनलाईन दरखास्त प्रणाली https://psconline.p1.gov.np/  मार्फत दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ २ गतेसम्ममा आवेदन दिनपर्नेछ । 

सोमबार, ०५ पुस २०७८, १५ : ४१

प्रतिक्रिया