नेपाल मेडिसिटी,एक्सेल डेभलपमेन्ट बैंक र मकरीगाड जलविद्युत आयोजनामा कर्मचारी माग, आवेदन कहिलेसम्म ?

मंगलबार, ०६ पुस २०७८, १३ : २४

काठमाडौं, नेपाल मेडिसिटी अस्पताल, एक्सेल डेभलपमेन्ट बैंक र मकरीगाड जलविद्युत आयोजनाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

भैंसेपाटी स्थित मेडिसिटी अस्पतालमा प्याथोलोजी, ल्याब टेक्निसियन, फार्मेसी सहायक, मार्केटिङ र अफिसर तहका कर्मचारी माग गरिएको छ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकमा कानून र डिजिटल विभाग प्रमुख सहित केहि संख्यामा प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरिएको छ।

त्यस्तै दार्चुलामा निर्माणाधिन १० मेगावाटको मकरीगाड जलविद्युत आयोजनाले विभिन्न पदमा चार जना ईन्जिनयरहरु माग गरेको छ।

एक्सेल बैंकमा पुस २० गतेसम्म, मेडीसिटी र मकरीगाडमा भने ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ।

मंगलबार, ०६ पुस २०७८, १३ : २४

प्रतिक्रिया