नेपालको पर्यटन क्षेत्रमा ५ महिनामा ९ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

मंगलबार, ०६ पुस २०७८, १५ : ३३

नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नका लागि चालू आर्थिक वर्षको ५ महिनामा साढे ९ अर्ब बैदेशिक लगानी प्रतिवद्धता आएको छ । 

आर्थिक वर्ष २०७८/०७९ को साउन देखि मंसिर २१ गतेसम्म विभिन्न ५५ उद्योगका लागि ९ अर्ब ५५ करोड भन्दा धेरैको वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार पाँच महिनामा आएको कूल ३० अर्ब ५ करोड बढीको लगानी प्रतिवद्धतमध्ये पर्यटन क्षेत्रका लागि ३१.७९ प्रतिशत हो । 

नयाँ व्यवस्थाअनुसार पाँच करोड भन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुदैन ।

विभागले सार्वजनिक गरेको पाँच महिनाको विदेशी लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव चीनबाट आएको पाइएको छ ।

तथ्याङ्क अनुसार पाँच महिनामा कूल प्रतिबद्धताको करिब ८० प्रतिशत चीनबाट आएको छ । चीनबाट १०२ उद्योगमा २३ अर्ब ६४ लाख बढीको प्रतिबद्धता आएको छ ।

मंगलबार, ०६ पुस २०७८, १५ : ३३

प्रतिक्रिया