हिमपातले पाथीभराका तीर्थयात्री प्रभावित, पदर्माग खुलाउन समस्या

शुक्रबार, १६ पुस २०७८, ०७ : २३

ताप्लेजुङ - गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

समुद्र सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै  पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उनले बताए । हिमपातले पाथीभरा जाने पदर्माग पुरिएसँगै पदर्माग खुलाउन समस्या भएको छ । 

पाथीभरा मन्दिरमा पूजापाठ गर्न बिहिवार मात्रै दुई तीर्थयात्रीले दुई सहयोगी लिएर गएका छन् । मङ्गलबार हिमपातकैबीच ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पूजापाठ गरेको समितिले जनाएको छ । मौसम खुल्न  सकेको छैन । हिमपातसँगै अत्यधिक जाडो बढेको छ । 
 

शुक्रबार, १६ पुस २०७८, ०७ : २३

प्रतिक्रिया