लठ्ठा भन्ज्याङदेखि त्रिवेणीघाटसम्म साइक्लिङ हुदै

शुक्रबार, १६ पुस २०७८, १२ : २९

काठमाडौं - पनौती नगरपालिकामा साइक्लिङ कार्यक्रम हुने भएको छ  । मकरमेला मूल व्यवस्थापन समितिको आयोजनामा सम्पन्न हुने लागेको उक्त साइक्लिङ कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय  साइकल यात्री सहित २५० जना भन्दा बढिको सहभागिता हुने प्रचार प्रसार समितिका संयोजक पुरुषोत्तम अधिकारीले जानकारी दिएका छन् । 

पनौती नगरपालिका पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम यही माघ १ गते हुनेछ । साइक्लिङ लठ्ठा भन्ज्याङ गोदावरी नगरपालिकाबाट बिहान ८ बजेबाट सुरु भइ पनौती नगरपालिका वडा नं. ७ त्रिवेणीघाटमा पुगी सोही दिन दिउसो ३ बजे समापन हुने मकरमेला व्यवस्थापन समितिका सदस्य भिलेज हाइल्यान्स् रिसोर्टका सञ्चालक रामसुन्दर बकेले जानकारी दिए । 

पनौती नगरभित्र उक्त ऐतिहासिक मकरमेला प्रत्येक १२ वर्षमा लाग्ने गर्छ । यही मेलाको प्रचार प्रसार साथै आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि आर्थिक वर्ष २०७६/०७७ र २०७७/७८ को बजेट सँगै नेपाल पर्यटन विभागको सहयोगमा गोदावरीको लठ्ठा भन्ज्याङ, पनौती नगरपालिका वडा नं. १ खानी डाडाँ हुँदै पनौती नगरपालिका वडा नं. २ गुर्दुम डाँडासम्म साहसिक साइकल रुट निर्माण सम्पन्न भएको हो । 

शुक्रबार, १६ पुस २०७८, १२ : २९

प्रतिक्रिया