काठमाडौं - नेपाल संस्कृति सम्पदाले मात्र नभई प्रकृति सम्पदाले पनि भरिपूर्ण भएको देश हो । नेपालमा ८ हजार मिटर भन्दा अग्लो हिमाल ८ वटा रहेका छन् भने त्यस्तै अग्ला अग्ला हिमालहरू कयौं रहेका छन् । नेपालको हिमाल आरोहण गर्न विश्वका विभिन्न देशबाट आरोहीहरू आउने गर्दछन् । साथै नेपालका आरोहीहरूले पनि नेपालका विभिन्न हिमालहरू आरोहण गरिरहेका हुन्छ ।
हिमाल आरोहण गरेबाट आरोहीहरूले नेपाल सरकारलाई शुल्क बुझाउनु पर्ने हुन्छ । पर्यटन विभागको शुल्क विवरण अनुसार विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको आरोहण गर्न विदेशी नागरिकले बसन्त ऋतुको समयमा ११ हजार डलर नेपाल सरकारलाई शुल्क बुझाउनु पर्ने हुन्छ । नेपालीहरूले भने ७५ हजार रुपैयाँ तिनुपर्नेछ हुन्छ ।
यस्तै शरद ऋतुमा विदेशी नागरिकले ५ हजार ५ डलर र नेपालीहरूले ३७ हजार ५०० रुपैयाँ शुल्क तिनुपर्नेछ हुन्छ भने जाडो र गर्मी महिनामा विदेशीहरूले २ हजार ७५० डलर र नेपालीहरूले १८ हजार २५० रुपैयाँ तिनुपर्नेछ हुन्छ ।
८ हजार मिटर भन्दा अग्लो हिमाल आरोहण गर्न विदेशी नागरिकले नेपाल सरकारलाई बसन्त ऋतुको समयमा १ हजार ८०० डलर शुल्क बुझाउनु पर्ने हुन्छ भने नेपालीहरूले १० हजार रुपैयाँ बुझाउनु पर्ने हुन्छ । शरद ऋतुको समयमा विदेशीलाई ९०० डलर शुल्क लाग्ने छ भने नेपालीलाई ५ हजार रुपैयाँ लाग्ने छ । जाडो र गर्मी मौसममा विदेशी आरोहीहरूले ४५० डलर शुल्क तिनुपर्ने हुन्छ भने नेपाली आरोहीहरूले २ हजार ५०० रुपैयाँ तिनु पर्ने हुन्छ ।
यस्तै ७ हजार ५०० मिटरदेखि ८ हजार मिटर मुनीका हिमालको आरोहण गर्न बसन्त ऋतुको समयमा विदेशीले ६०० डलर शुल्क तिनु पर्ने हुन्छ भने नेपालीले ८ हजार रुपैयाँ तिनु पर्ने हुन्छ । शरद ऋतुको समयमा विदेशीले ३०० डलर र जाडो साथै गर्मीको समयमा १५० डलर तिनु पर्ने हुन्छ भने नेपालीले ४ हजार र २ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
७ हजार मिटर अग्लोदेखि ७ हजार ५०० मिटर अग्लो हिमालको आरोहण गर्न बसन्त ऋतुको समयमा विदेशी आरोहीले ५०० डलर, शरद ऋतुमा २५० डलर र जाडो साथै गर्मी मौसम १२५ डलर शुल्क तिनु पर्ने हुन्छ भने नेपालीले क्रमश: ६ हजार ३ हजार १ हजार ५०० रुपैयाँ शुल्क तिनु पर्ने विभाको तथ्याङ्कले देखाएको छ ।
६ हजार ५०० मिटर अग्लोदेखि ७ हजार मिटर मुनीका हिमालको आरोहण गर्न विदेशी आरोहीहरूले बसन्त ऋतुको समयमा, शरद ऋतुको समय र जाडो साथै गर्मीको समयमा क्रमश: ४००, २०० र १०० डलर शुल्क तिनु पर्ने हुन्छ भने नेपाली सोही हिमालको आरोहण गर्न क्रमश: ५ हजार २ हजार ५०० र १ हजार २५० रुपैयाँ तिनु पर्ने विभागको शुल्क तथ्याङ्कले देखाउँछ ।
प्रतिक्रिया