लोकसेवा आयोग कर्णाली प्रदेश : ४४३ पदमा कर्मचारी माग, कसरी दिने आवेदन ?

मंगलबार, २७ पुस २०७८, ११ : ०५

काठमाडौं- प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशले विभिन्न पदहरु परिपूर्ति गर्नका लागि रोजगारी खुलाएको छ ।

आयोगले एक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौ तहका विभिन्न सेवा समूहका अप्राविधिक।प्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिलित परीक्षाको विज्ञापन खुलाएको हो ।

आयोगले प्राविधिक र अप्राविधिक तर्फ गरी कुल ४४३ पदपूर्ति गर्न विज्ञापन खुलाएको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आयोगको अनलाइन दरखास्त अनलाइन प्रणाली  https://ppsconline.karnali.gov.np/ बाट दरखास्त दिन सक्नेछन् ।

मंगलबार, २७ पुस २०७८, ११ : ०५

प्रतिक्रिया