आइएमई लाइफ इन्स्योरेन्सले माग्यो ३४ शाखाका लागि ब्रान्च म्यानेजर, योग्यता कति ?

पुस २८, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न ब्रान्चमा कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका विभिन्न ब्रान्चहरुका लागि शाखा प्रमुख (ब्रान्च म्यानेजर) माग गरेको छ । 

कम्पनीले प्रदेश नं. १ अन्तर्गत काँकडभित्ता, फिदिम, तेह्रथुम, बसन्तपुर तेह्रथुम, खोटाङ  प्रदेश नं. २ अन्तर्गत कलैया, बागबजार, राजधानी, र कंचनपुर शाखाका लागि शाखा प्रमुख माग गरेको छ । यस्तै बागमती प्रदेशका लागि न्यूरोड, गोङ्गबु, स्वयम्भू, इमाडोल, चापागाउँ, पेप्सिकोला, कीर्तिपूर, सुन्दरीजल, चौतारा र बनेपा गण्डकी प्रदेशको पोखरा, गैँडाकोट, पालुङटार, हेम्जा, बिरौटा र बुर्तिबाङका लागि माग गरेको हो ।  

लुम्बिनी प्रदेशमा बुटवल, चन्द्रौटा, भैरहवा र तौलिहवा साथै कर्णाली प्रदेशमा खजुरा, जाजरकोट र सुदूरपश्चिम प्रदेशमा बझाङ, बैतडी र महेन्द्रनगर शाखा गरी कुल ३४ शाखाका लागि शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले उक्त पदका लागि न्युनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १३ गतेसम्म कम्पनीमा आवदेन दिनु पर्ने छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८