नेपाल वाटर एण्ड ईनर्जी कम्पनीमा विभिन्न पदमा कर्मचारी माग,७ दिनभित्र आवेदन दिनुपर्ने

२ बर्ष अगाडि

काठमाडौं- नेपाल वाटर एण्ड ईनर्जी कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

रसुवा जिल्लाको मैलुङमा निर्माणाधीन माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको निर्माण कार्यका लागि नेपाल वाटर एण्ड ईनर्जीले प्राविधिक तथा दक्ष कामदारको माग गरेको हो ।

कम्पनीले बिभिन्न १५ पदमा २० जना कर्मचारी माग गरेको छ । कम्पनीले एड्मिनिस्टे्रशन  म्यानेजर १, कन्ट्रयाक्ट अफिसर १, मेकालिकल इञ्जिनीयर १, सिभल इञ्जिनीयर २, सिभिल प्लानिङ सुपरभाइजर १, सिभिल वर्क सुपरभाइजर १, सिभिल टेक्निसियन २, ईक्युपमेन्ट इस्टलमेन्ट टेक्निसियन १ जना माग गरेको हो ।

त्यस्तै कन्स्रेट टेक्निसियन १, एक्जाभेसन टेक्निसियन १, मेकानिक फोरमेन २, कन्ट्रक्सन फोरमेन २, लेबर फोरमेन २, एक्जिभेसन फोरमेन १, ब्लास्टर फोरमेन १ गरि जम्मा २० जना माग गरेको हो।

इच्छुक व्यक्तिहरुले ७ दिनभित्र कम्पनीको कार्यालय तथा कम्पनीको ठेगानामा आवेदन दिन सक्नेछन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया