कुवेतमा वैदेशिक रोजगारको अवसर, मासिक तलब तथा सेवासुविधा कस्तो ?

२ बर्ष अगाडि

काठमाडौं - कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुवेत शहरमा रहेको alia international hospital कम्पनीले ५० जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३९ हजार माथि पाउनेछ । इच्छुक कामदारले शरोन मेनपावर सर्भिस प्रालिको कार्यालय बानेश्वर  काठमाडौंमा माघ १२ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया