यूएईमा मासिक ६४ हजार बढी तलब सहित ९० जना पुरुष कामदारको माग, हवाई टिकट पनि निशुल्क

२ बर्ष अगाडि

काठमाडौं-यूएईको एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ । यूएईको FAST RIDERS DELEVERY SERVICES कम्पनीले ९० जना पुरुष बाइक राइडरको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्नसहित ६४ हजार माथि रहेको छ। इच्छुक कामदारले H.M.T.Overseas Pvt.Ltd. कार्यालय तीनकुने काठमाडौंमा माघ ११ गतेसम्मअन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क,विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया