काठमाडौं - एक महिनामा झण्डै १७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को पहिलो महिना जनवरीमा नेपालमा १६ हजार ९७५ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
सन् २०२१ को यही महिनाको तुलनामा ९१.३ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा ८ हजार ८७४ विदेशी पर्यटकले नेपाल भित्रिएका थिए ।
यो अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन् । भारतबाट ३ हजार ९१६ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्ष यही अवधिमा भारतबाट ४ हजार २८ जना नेपाल आएका थिए ।
दोस्रो धेरै पर्यटक अमेरिकाबाट भित्रिएका छन् । अमेरिकाबाट ३ हजार २५७ जना पर्यटक भित्रिएका छन् । गत वर्ष यही अवधिमा अमेरिकाबाट ८७४ जनामात्रै पर्यटक नेपाल आएका थिए ।
यस्तै बेलायत १ हजार ८२४ पर्यटक भित्रिएका छन् । गत वर्ष यही अवधिमा बेलायतबाट १३६ जनामात्रै पर्यटक नेपाल आएका थिए ।
प्रतिक्रिया