कुवेतले एक महिनामा करिब दुई हजार विदेशी निकाल्यो

आइतबार, २३ माघ २०७८, ०९ : २६

काठमाडौं - कुवेतले कानून उल्लंघन गरेको आरोपमा एकै महिनामा करिब दुई हजार विदेशीलाई देश निकाला गरेकोे छ । 

कुवेतका स्थानीय सञ्चार माध्यमहरूका अनुसार सन् २०२२ को जनवरी महिनामा मात्रै १ हजार ७ सय ६४ जना आप्रवासीलाई देश निकाला गरेको हो । 

अरब टाइम्सका अनुसार जनवरी महिनामा देश निकाला गरिएका १ हजार ७ सय ६४ विदेशीमध्ये १ हजार ५८ जना पुरुष र ७ सय ६ महिला रहेका छन् । 

आइतबार, २३ माघ २०७८, ०९ : २६

प्रतिक्रिया