खल्तीले ल्यायो आइफोन १३ साथै १ रुपैयाँमा फ्लाइट टिकट जित्ने मौका

मंगलबार, २५ माघ २०७८, १२ : ४०

काठमाडौं - नेपालको मुख्य अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ ले फेरि ‘उडान अबमात्र रु. १’ अफर लिएर आएको छ ।

 जसअन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनेछ । यतिमात्र हैन हरेक दिन एकजनालाई रु. १ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ । 

‘खल्ती’ फ्लाइट टिकट बुकिङका लागि सहज प्लेटफर्म भएको छ । जसमा रु। १ हजार २०० सम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ । यतिमात्र होइन विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ ।

यो अफर माघ २३ गतेदेखि फागुन ३० सम्म मान्य हुनेछ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाई गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।

यस अफरको बारेमा बोल्दै ‘खल्ती’ का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्तालाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो । यस महामारीको समयमा यात्रुहरुको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो ।’

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको ‘खल्ती डिजिटल वालेट’ ले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आइरहेको छ । 

यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा ‘खल्ति’ले योगदान दिँदै आएको छ।

मंगलबार, २५ माघ २०७८, १२ : ४०

प्रतिक्रिया