विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आई स्मार्टफोन नेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ।
रियलमी ९आई २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हुनेछ। नवीनतम एसडीएम ६८० ६एनएम चिपको अलावा रियलमी ९आईमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ। जसले युवा प्रयोगकर्तामाझ विशिष्ट प्रदर्शन गर्नेछ।
स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम उत्पादन प्रक्रिया उपनाएको छ। यसले ओक्टाकोर २.४गिगाहर्ज कोर्टेक्स–ए७३ र ओक्टाकोर १.९गिगाहर्ज कोर्टेक्स–ए५३, एर्डेनो ६१०जीपीयूसहितको ओक्टाकोर सीपीयू अपनाएको छ।
लास्ट–जेन प्रोसेसर स्न्यापड्रागन ६६२ सँग तुलना गर्दा एडीएम ६८० मा सीपीयू प्रदर्शन, सजिलो एप्लिकेसन, छिटो लन्च, छिटो पेज लोड सबैमा २५ प्रतिशत ले वृद्धि दिन्छ। यसैगरी जीपीयूको प्रदर्शन, उच्च फ्रेम रेट, सहज गेमिङ अनुभव, ल्यागको कमीमा १० प्रतिशतले वृद्धि हुनेछ। एआई प्रदर्शन, क्वालकमको तेस्रो जेनरेसन एआई इन्जिन र प्रमुख एप्लिकेबल सिनहरुमा पनि २५ प्रतिशतले वृद्धि हुनेछ।
६एनएम प्रोसेसरले १२एनएम प्रोसेसरभन्दा ६२ प्रतिशत कम पावर खपत गर्दछ भने प्रदर्शनमा पनि ४६ प्रतिशतको बढत ल्याउँछ। यस स्मार्टफोनमा अपेक्षाकृत कम तापमान वृद्धि र अधिक स्थिर फ्रेम दर छ।
६एनएम प्रोसेसरले ल्याएको कम पावर खपतले ब्याट्रीको आयु प्रभावकारी रुपमा विस्तार गर्छ। ८आईको ५०००एमएएच क्षमताको तुलनामा ९आईको ब्याट्री लाइफ ४६ प्रतिशतले सुधार भएको छ।
स्न्यापड्रागन ६८० प्रोसेसरमा शक्तिशाली जीपीयू–एड्रेनो ६१० जीपीयू आउँछ र ९०हर्ज उच्च रिफ्रेस रेट स्कृन प्रविधिलाई पनि समर्थन गर्दछ।
प्रतिक्रिया