कोका–कोला मो : मो उत्सव : कोक र मःम स्वादको रियल म्याजिक

बुधबार, ०४ फागुन २०७८, १० : ०६

काठमाडौं - ६ वर्षसम्मको लगातारको सफलता पछि कोका–कोलाले यो वर्ष पनिमोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ ।

कोका–कोलामोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो जसमा नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ ।

यो क्याम्पेनको लागि कोका–कोलाले हजार भन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहलाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ । कोका–कोलामोः मोत्सव क्याम्पेन हरेक अंग्रेजीवर्षको शुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म यो क्याम्पेन हुँदैछ ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थी भने, “विश्वव्यापी रुपमा हामीले सन्चालन गरिरहेको कोक एन्ड मील्सको अवधारणालाई नेपालमा स्थानीय करण गर्न हामीले ७ वर्ष अघि कोका–कोलामोःमोत्सव शुरुगरेका थियौँ । सातौँ वर्ष सम्म आइपुग्नको लागिहाम्रो उपभोक्ताहरुले दिनुभएको माया र साथको लागि हामी आभारी छौँ । यो क्याम्पेन भरि हामीले कोक र नेपालीहरुको मन पर्ने खाजा मःम सँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने छौँ ।”

त्यस्तै बोटलर्स नेपालका प्रबन्धनिर्देशक प्रदीप पाण्डेुले भने, “हामी कोका–कोला र नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा मःमको संयोजनको बेजोड स्वादलाई सेलेब्रेट गर्न शुरु गरिएको कोका–कोलामोःमोत्सव क्याम्पेनको सातौँ संस्करण मनाउँदै छौँ । यस वर्षको स्लोगन “कोक प्लस मःम, स्वादको रियल म्याजिक” ले भनेजस्तै कोक र मःमको बेजोड स्वादसँगै हामीहाम्राउपभोक्ताहरुसँग अझै नजिकहुने आशागर्दछौँ ।”

बुधबार, ०४ फागुन २०७८, १० : ०६

प्रतिक्रिया