स्थानीय निकाय नै ताते जलविद्युत् आयोजना बनाउन, एक अर्ब लागतमा पाँच मेगावाट क्षमताको आयोजना बनाउँदै सिन्धुलीको दुधौली नगरपालिका

५ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समयमा स्थानीय सरकारहरु नै जलविद्युत् आयोजनामा लगानी गर्न आर्कषित भएका छन् ।

सिन्धुलीको दुधौली नगरपालिकाले ग्रामीण विद्युतीकरणका लागि रु १ अर्ब लगानी गर्ने भएको छ ।

नगरपालिकाले स्थानीय अरुण ठाकुर खोलामा निर्माण हुने करिब ५ मेगावाट क्षमताको आयोजनामा लगानी गर्ने तयारी गरेको हो ।

आर्थिक वर्ष २०७६÷६८ देखि जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने तयारी गरिएको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए  ।

नगर प्रमुख राउतले हाल प्राविधिक तयारीको काम भइरहेको बताए ।  सबै काम सकाएर आगामी आवदेखि जलविद्युत् निर्माणमा लाग्ने नगरपालिकाको भनाइ छ ।

सो जलविद्युत् आयोजना स्थानीय शनिटार भन्न्े स्थानमा बाँध बाधिनेछ । यस्तै सो आयोजनाबाट ८ हजार घरमा विद्युत् सेवा उपलब्ध गराइनेछ ।

उत्पादित विद्युत् नगरपालिका भित्रै विस्तार गर्ने योजना बनाइएको छ । नगरपालिकामा कूल १४ वडा रहेकोमा हालसम्म १२, १३, १४ मा विद्युत् पुग्न सकेको छैन । यस्तै वडा नं १ र २ को पनि सबै वडामा विद्युतीकरण हुन सकेको छैन ।

आयोजनाको सम्भाव्यता अध्ययनको काम सकिएको छ । सबै प्रक्रिया मिलाएर नगरपालिकाले नै एक जलविद्युत् कम्पनी स्थापना गर्ने तयारी गरेको छ । सो नदीमा ५ मेगावाट क्षमताको आयोजना निर्माण गर्न सकिने सम्भाव्यता अध्ययनबाट देखिएको छ ।

आयोजनामा स्थानीय नगरपालिकाबासीलाई समेत लगानीका लागि आग्रह गरिनेछ । सार्वजनिक निजी साझेदारी मोडलबाट जलविद्युत् आयोजना निर्माण गर्ने तयारीमा नगरपालिका लागेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया