भिजिट भिसामा दुबई जान लागेका  ३५ जना कलाकारलाई त्रिभुवन विमानस्थलमै रोकिए

शनिबार, ०७ फागुन २०७८, ०९ : ४०

काठमाडौं - सांस्कृतिक कार्यक्रमका लागि भिजिट भिसामा दुबई जान लागेका  ३५ जना कलाकारलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले रोकिदिएको छ । 

प्रियसी म्युजिक प्रालिबाट टुरिष्ट भिसामा दुबई जान लागेका उनीहरुको यात्रा अध्यागमन कर्मचारीले शंका लागेको भन्दै रोकेका हुन् । उनीहरु फ्लाई दुबइको उडानबाट शुक्रबार दिउँसो दुबई जान विमानस्थल पुगेका थिए । 

अध्यागमन कर्मचारीले दुबईस्थित नेपाली दूतावासको नो अब्जेक्सन लेटर र  गृहमन्त्रालयले तोकेको कागजपत्र नभएपछि रोकेको दाबी गरेका छन् ।


 

शनिबार, ०७ फागुन २०७८, ०९ : ४०

प्रतिक्रिया