केन्द्रिय तथ्यांक विभागले माग्यो ६३०३ कर्मचारी, योग्यता र आवेदन अवधी कति ?

मंगलबार, १० फागुन २०७८, १३ : २६

काठमाडौं- केन्द्रिय तथ्यांक विभागले ६ हजार ३०३ जना कर्मचारी करारमा नियुक्ती गर्ने गरी माग गरेको छ।

विभागले कृर्षि गणना २०७८ का लागि तथ्यांक‌ संकलन गर्नका लागि सुपरिवेक्षक र गणक पदमा कर्मचारी नियूक्त गर्न लागेको हो।

सुपरिवेक्षकका लागि  मान्यता प्राप्त सस्था बाट स्नातक तह तथा गणकको लागि प्रविणता पत्र तह वा सो सरह उत्तिण गरेको हुनुपर्ने छ ।

सुपरिवेक्षकका लागि मासिक ३० हजार २ सय र गणकको लागि २८ हजार ६१० रुपैयाँ पारिश्रमिक तोकेको छ भने करार अवधी दूई महिनाको हुने विभागले जनाएको छ । 

कृर्षि विज्ञान वा तथ्याक विषय लिई अध्ययन गरेको,राष्ट्रिय स्तरका गणनामा कार्य अनुभव भएको तथा सबन्धितस्थानिय निकायमा बसोबास गरेको भएको लाई जिशेष प्रथामिकता दिईने विभागको सुचनामा उल्लेख छ। 

ईच्छुक उमेदवारले २८ दिन भित्र अर्थात आगामी चैत्र ७ गते भित्र  विभागको अनलाईन जनशक्ति भर्ना प्रणालीमा आवेदन दिनुपर्ने छ ।

मंगलबार, १० फागुन २०७८, १३ : २६

प्रतिक्रिया