सामसुङ्गको ग्यालेक्सी एस २२ सिरिज नेपाली बजारमा सार्वजनिक,१ लाख १२ हजारदेखि १ लाख ६९ हजार सम्म

विहीबार, १२ फागुन २०७८, १० : १०

काठमाडौं-स्मार्टफोन ब्राण्ड सामसुङ्गले नेपालमा ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२ं र ग्यालेक्सी एस २२ मोबाइलहरु बजारमा ल्याएको छ। बुधबार एक कार्यक्रम गर्दै ग्यालेक्सी एस २२ ले यी तीन सिरिजहरू बजारमा ल्याएको हो। 

ग्यालेक्सी एस २२ सिरिजले सामुसङ्गको हालसम्मकै सबैभन्दा टिकाउ मोबाइल रहेको दाबी गरेको छ। ग्यालेक्सी एस २२ र एस २२ं पहिलो एस सिरिजको मोडलहरु हुन् जुन सबैभन्दा बलियो आल्मुनियम फ्रेम आरमोर आल्मुनियमबाट बनेको छ।

ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध छ। जसलाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको कम्पनीले जनाएको छ। ग्यालेक्सी एस २२ सिरिजक कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेयर गर्ने योग्यताहरुका साथ डिजाइन गरिएको छ। 

ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन छिटो, सर्वाधिक रेस्पोन्सिभ एस पेन हो। ७० प्रतिशत कम बिलम्बताका साथ एस २२ अल्ट्राको फराकिलो स्क्रिनमा बढी लेख्न, चित्र कोर्न र एपहरु नयाँ तरिकाहरुबाट चलाउन सकिनेछ। 

ग्यालेक्सी एस २२ अल्ट्राले कुनै पनि उज्यालो अँध्यारो अवस्थामा तत्काल पोस्ट गर्न मिल्ने फुटेजहरु खिच्न सघाउँछ। ग्यालेक्सी एस २२ अल्ट्रा सामसुङ्गको हालसम्मकै सर्वाधिक ठूलो पिक्सल सेन्सर २।४ युएम पिक्सल सेन्सरका साथ निर्माण भएको छ। यसको स्पष्ट सिसा लेन्सले कुनै चमक बिना नै रातमा पनि स्पष्ट भिडियोहरु खिच्न मद्दत गर्नेछ। ग्यालेक्सी एस २२ अल्ट्रा १०० गुणा स्पेस जूम र शक्तिशाली डुअल टेलि लेन्सयुक्त काड्रुपल लेन्स क्यामराका साथ उपलब्ध छ, जसले यसलाई सामसुङ्गकै सबैभन्दा शक्तिशाली क्यामरा बनाएको कम्पनीको दाबी छ।

ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ं र एस २२ मा भएको नाइटोग्राफि विशेषताले तपाईंले दिनमा या रातमा जुनैबेला रेकर्डिङ्ग गर्दा पनि अगाडी पछाडी दुवै क्यामराहरुले स्पष्ट भिडियो लिन सकिन्छ। ग्यालेक्सी एस २२ं र एस २२ दुवैमा ५० मेगा पिक्सलको मुख्य क्यामरा जडित छ भने ३० गुणा स्पेस जूम भएको १० मेगा पिक्सलको टेलिफोटो लेक्स र १२ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्स पनि छ। यी सबै ३ वटा उपकरणहरु उन्नत भिडिआइएस प्रविधिका साथ उपलब्ध छन्, जसले कम्पन कम गराउने भएकोले हल्लिराखेको अवस्थामा पनि प्रष्ट फुटेज लिन सकिनेछ।

ग्यालेक्सी एस २२ अल्ट्राको शक्तिशाली ब्याट्रीमा चल्ने पावर एक पटकको चार्जबाटै दिनभरी भन्दा बढी चल्ने क्षमता राख्ने कम्पनीले उल्लेख गरेको छ।

ग्यालेक्सी एस २२ अल्ट्रा इमर्सिभ ६.८ इन्च, डाइनामिक एमोलेड २ एक्स डिस्प्लेका साथ उपलब्ध छ, जसले हरेक चिजलाई विस्तारपूर्वक जीवन्त बनाउन १७५० निट्सको उज्यालोपन दिन्छ। ग्यालेक्सी एस २२ र एस २२ं डाइनामिक एमोलेड २ एक्स डिस्प्लेका साथ उपलब्ध छ, जुन गेमिङ्ग र हेर्नका लागि डिजाइन गरिएको छ। ग्यालेक्सी एस २२ मा प्रिमियम ६.१ इन्च डिस्प्ले छ भनें ग्यालेक्सी एस २२ं मा स्पोर्टस् ६.६ इन्चको डिस्प्ले जडान गरिएको छ। ग्यालेक्सी एस २२ ले १३०० निट्सको उज्यालोपना प्रदान गर्छ भनें ग्यालेक्सी एस २२ं मा  १७५० निट्सको रहेको छ।

ग्यालेक्सी एस २२ अल्ट्राको हरेक प्रि अडरमा ग्यालेक्सी बडस् २ सित्तैमा पाउन सकिनेछ। यस्तै ग्यालेक्सी वाच ४ क्लासिक ४६ एमएम २७,००० रूपैयाँमा पाइने अफर कम्पनीले राखेको छ।

ग्यालेक्सी वाच ४.४० एमएम १३ हजार रूपैयाँमा पाउन सकिने पनि कम्पनीले जनाएको छ। ग्यालेक्सी एस २२ र ग्यालेक्सी एस २२ को प्रि अडरमा ग्यालेक्सी बडस् २३ हजार रूपैयाँको अफर , ग्यालेक्सी वाच ४ क्लासिक ४६ एमएम ३० हजार रूपैयाँको अफर मूल्यमा वा ग्यालेक्सी वाच ४.४० एमएम १६ हजार रूपैयाँमा पाउन सकिनेछ। प्रि अडर अवधि २३ फेब्रुवरीबाट ९ मार्चसम्म रहने बताइएको छ।

फोनसंगै १ वर्षसम्मको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध रहेको छ। यसकासाथै हरेक महिना ६ हजार ३०० रूपैयाँको इएमआइ र शून्य प्रतिशत ५ डाउन पेमेन्टमा पनि फोन उपलब्ध छ। सामसुङ्गले १५ हजार रूपैयाँसम्मको ग्योलेक्सीको उपहारहरू पनि फोन संगै प्रदान गर्ने भएको छ।

कम्पनीले ‘ग्यालेक्सी एस २२ अल्ट्रा’ १२ जीबी र्यामसहित ५ सय १२ जीबी स्टोरेज क्षमताको मूल्य  १ लाख ६९ हजार ९९९ रुपैयाँ तोकेको छ भने २ सय ५६ क्षमताको मूल्य  १ लाख ५९ हजार ९९९ रुपैयाँ कायम गरेको छ।

यसैगरी, ग्यालेक्सी एस २२ प्लस ८ जीबी र्याम र २५६ जीबी रोमको बजारमूल्य १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ पर्छ। सामसुङ्ग ग्यालेक्सी एस २२ १ लाख १२ हजार ९ सय ९९ रुपैयाँमा बजारमा उपलब्ध छ। यस फोनमा ८ जीबी र्याम र २५६ जीबी रोम जडान गरिएको छ।

विहीबार, १२ फागुन २०७८, १० : १०

प्रतिक्रिया