ओमानले माग्यो ३०० नेपाली डाक्टर र नर्स, मासिक खानबस्नसहित ३ लाख ७० हजार बढि

शनिबार, २१ फागुन २०७८, ०८ : २८

काठमाडौं - ओमानले अस्पतालका लागि नेपाली डाक्टर र नर्स कामदारको माग गरेको छ । विभिन्न पदका लागि ७० जना पुरुष र २३० जना पुरुष गरी जम्मा ३०० जना डाक्टर र नर्स कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खान बस्न सहित १ लाख २९ हजार माथिदेखि ३ लाख ७० हजार बढि पाउनेछ । इच्छुक कामदारले मदरल्याण्ड ओभरसिज प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा सम्पर्क गर्नु पर्ने छ । 

कम्पनीको प्रतिनिधिबाट अन्तरवार्ता फागुन २२, २३, २४, र २५ गते हुने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नुपर्ने छ । 

यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

 
 

शनिबार, २१ फागुन २०७८, ०८ : २८

प्रतिक्रिया