रियलमी ९ प्रोें ५जी नेपाली बजारका लागि सार्वजनिक, कति पर्छ मूल्य ?

२ बर्ष अगाडि

काठमाडौं, विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमी ले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रोें ५जीनेपाली बजारमा सार्वजनिक गरेको छ। 

उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रोें ५जीमा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जी प्रोसेसर रहेको छ। साथै, यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ। आफ्नो नम्बर सिरिजमा रियलमी ले फेरि पनि विश्वभरका प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्यदेखि उच्च खण्डमा थप विस्तार गरिरहेको छ। 

रियलमी ९ प्रोें ५जी ले उद्योग–अग्रणी लाइट शिफ्ट डिजाइन फिचर गर्दछ। जसले स्मार्टफोनको पछाडि रंग परिवर्तन गर्ने प्रभाव दिन्छ। यसमा डाइलामिक RAM एक्स्पान्सन प्रविधि पनि रहेको छ। यसमा ठूलो ब्याट्री, शक्तिशाली प्रोसेसर लगायत अरु थुप्रै आकर्षक सुविधाहरु पनि रहेको छ र एन्ड्रोइड १२ मा आधारित रियलमी UI ३.० सहित उपलब्ध छ। 

रियलमी ९ प्रोें ५जी, रियलमीको मिड–रेन्जमा रहेको फ्ल्यागशिप क्यामेरामा उद्योगमा उपलब्ध खण्डहरुमा अग्रणी सुविधाहरुले भरिपूर्ण छ। आफ्नो खण्डमा Sony IMX766 सेन्सर हुने यो पहिलो स्मार्टफोन हो र विश्वमै MediaTek Dimensity 920 5G  छन्  छन् प्रोसेसर भएको सिमित स्मार्टफोनहरुमध्ये एक हो। ९०ज्श को सुपर एमोलेड डिस्प्लेको विशेषता रहेको यो मुटुको गति सेन्सरसहितको इन–डिस्प्ले फिंगरप्रिन्ट फिचर गर्ने नेपालको पहिलो स्मार्टफोन पनि हो। रियलमी ९ प्रोें ५जी ले ६०W सुपरडार्ट चार्जिङको साथमा ४५००एमएएच् ब्याट्री सपोर्ट गर्दछ जसकारण यस स्मार्टफोनलाई १५ मिनेटमै ५०% सम्म चार्ज गर्न सकिन्छ। ठूलो ब्याट्रीको बावजुद, रियलमी ९ प्रोें ५जी मात्र ७.९९mm को छ र यसको तौल पनि १८२g मात्र छ जसकारण यसलाई रियलमी नम्बर सिरिजकै पातलो स्मार्टफोन बनाउँछ। 

यो स्मार्टफोन तीन मनमोहक रंगहरुमा उपलब्ध छ – सनराइज ब्लू, मिडनाइट ब्ल्याक, अरोरा ग्रीन र तीन स्टोरेज भेरियन्टहरुमा 6+128GB, 8+128GB र 8+256GB। 

रियलमी ९ प्रों ५जीको मूल्य र बजारमा उपलब्ध हुने मिति–

दराज अनलाइनबाट प्रिबुकिङ गर्ने ग्राहकहरुलाई ६ महिनाका लागि निःशुल्क स्क्रिन रिप्लेसमेन्टको सुविधा पनि उपलब्ध रहेको छ। दराज अनलाइनकाबाट यस स्मार्टफोनको डेलिभरी २२ मार्चदेखि सुरु हुनेछ र नेपालभरिका आधिकारिक बिक्रेताकोमा पनि सोही मितिदेखि उपलब्ध हुनेछ। 
 

२ बर्ष अगाडि

प्रतिक्रिया