चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा

शुक्रबार, ११ चैत्र २०७८, ०८ : ४१

काठमाडौं - चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज शुक्रबार अपरान्ह नेपाल आउँदै छन् । चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पार्नुका साथै आवश्यक तयारीसमेत गरिसकेको छ ।

चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच परराष्ट्र मन्त्रालयमा शनिबार हुने द्विपक्षीय वार्तामा चीनसँग पहिला भएका केही सम्झौता परिमार्जन गर्ने तयारी पनि भइसकेको बुझिएको छ । 

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

शनिबार परराष्ट्रमन्त्री खड्का र वाङबीच द्विपक्षीय वार्ता हुने पनि मन्त्रालयले जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

शुक्रबार, ११ चैत्र २०७८, ०८ : ४१

प्रतिक्रिया