निकुञ्ज बृहत् गुरुयोजनाका लागि २० करोड ४५ लाख ४० हजार प्रदेश सरकारसँग मागp

शनिबार, १२ चैत्र २०७८, ०९ : ४९

दमौली - तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि रु २० करोड माग गरिएको छ । तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि रु २० करोड ४५ लाख ४० हजार प्रदेश सरकारसँग माग गरिएको हो । 

उक्त गुरुयोजना कार्यान्वयन मूल समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई भेटी मागसहितको ज्ञापनपत्र बुझाएको थियो । समितिले तनहुँसुरमा प्रवेशद्वार, ढुङ्गाको सिँढी, सङ्ग्रहालय, दृश्यावलोकन, भवन निर्माणलगायत पूर्वाधार निर्माण गर्ने प्रस्ताव गरेको छ । 

तीन वटा प्रवेशद्वार निर्माणका लागि रु ३६ लाख, ढुङ्गाको सिँढी तथा रेलिङसहितको पैदलमार्ग निर्माणका लागि रु ३० लाख, सङ्ग्रहालय निर्माणका लागि रु ५५ लाख, दृश्यावलोकन भवन निर्माणका लागि रु ४० लाख, सामुदायिक घरबास प्रवद्र्धनका लागि रु ७५ लाख, खानेपानीको व्यवस्थाका लागि रु २० लाख बजेट माग गरिएको हो । 

यसैगरी भोरथोकगढी पार्क निर्माणका लागि रु ३५ लाख, वनभोज टहरा निर्माणका लागि रु छ लाख, स्टिलका बेञ्च निर्माणका लागि रु सात लाख, तनहुँसुर खड्गकाली मार्ग कालोपत्रका लागि रु ७५ लाख, कुँडापानी धानगोदाम कनिकेचौतारो पर्यटन मार्ग कालोपत्रका लागि रु ४५ लाख, गद्दीचौतारा तनहुँसुर कालिका केबलकार निर्माणका लागि रु ५० लाख बजेट माग गरिएको छ । 

शनिबार, १२ चैत्र २०७८, ०९ : ४९

प्रतिक्रिया