गुराँसको राजधानीमा पर्यटकलाई गुराँसको फूल टिप्न प्रतिबन्ध

२ बर्ष अगाडि

काठमाडौं - घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानी मानिने तीनजुरे,मिल्के,जलजले (टीएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ ।

फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को वर्षसमेत पलाउने क्रममा असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सूचना नै प्रकाशित गरेर फूल टिप्न प्रतिबन्ध लगाएको हो । 

सूचनालाई बेवास्ता गरी कसैले फूल टिप्ने र हाँगा भाँच्ने गरेको पाइएमा कार्यस्थलमै कारबाही गरिने डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । 

फूल टिप्दा हाँगा समेत भाँचिने हुँदा गुराँसका प्रजाति मासिन सक्ने अधिकृत श्रेष्ठको भनाइ छ । साथै फूलसँगै हाँगा भाँच्दा गुराँसको बोट सुक्ने वन प्राविधिकहरू बताउँछन् ।

यस क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्ने गर्छ । लालिगुराँस नगरपालिकाको देउरालीबाट सुरु हुने गुराँस क्षेत्रमा यतिबेला दैनिक ५ सय बढीको संख्यामा पर्यटक आउने गरेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया