रियलमीको आधिकारीक सर्भिस सेन्टर अब ईटहरीमा

२ बर्ष अगाडि

काठमाडौँ, विश्वकै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले, ईटहरीमा अर्को नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र खुलेको घोषणा गरेको छ । रियलमी नेपालका कन्ट्री हेड श्री मुनिष गिरीले ईटहरीको सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरे । 

सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै श्री गिरीले, मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए । रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट ग्राहक सेवा र विक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको उनले विश्वास व्यक्त गरे । पहिलो आधिकारिक सर्भिस सेन्टर सीटिसी मल, सुन्धारा काठमाडौँमा अवस्थित छ । 

रियलमीले सर्भिस सेन्टर स्थापनासँगै ग्राहकहरु माझ विक्री पछिको सेवालाई सफलतापूर्वक विस्तार गर्ने विश्वास लिएको छ । यस सर्भिस सेन्टर मार्फत सफ्टवेयर सम्बन्धि सेवा, पार्टपूर्जा बदल्ने सेवा, फ्लागसिप फोन मर्मत सेवा, वारेन्टी मान्य र गैर मान्य स्मार्टफोनहरुको मर्मत सेवा र अन्य धेरै सेवाहरु प्रदान गरिनेछ ।

जगदम्बा मोबाइलका नेशनल सेल्स हेड कुनाल सिंहका अनुसार इटहरीको सूर्या कम्प्लेक्स प्रदेशकै प्रमुख व्यावसायिक केन्द्र भएको हुनाले यहाँ सर्भिस सेन्टर खोलिएको हो । उहाँका अनुसार विराटनगर, धरान, बिर्तामोड लगायतका ग्राहकले अब यो सेवा केन्द्रबाट सहज रुपमा गुणस्तरीय सेवा लिन सक्ने बताए । 

रियलमीले नेपालमा सबै स्मार्टफोन ब्रान्डहरुमध्ये सर्भिस रिटर्न रेटमा कम रही अग्रणी सेवा दिने दावी गरेको छ ।

रियलमीको बारेमा
रियलमी एक टेक्नोलोजी ब्रान्ड हो, जसले विश्वव्यापी प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभवका साथ टेक्नोलाजी उत्पादनहरु प्रदान गर्दछ । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ । युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

काउन्टर पोइन्ट रिसर्चका अनुसार, २०२१ को दोस्रो क्वाटरमा रियलमी जिटी सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका ईन्ट्री लेभल देखि फ्लागशिप सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोको साथ विश्वको नम्बर ६ ब्रान्ड बनेको छ । भारतीय बजारमा ५जी ल्याउने रियलमी पहिलो स्मार्टफोन हो । फेब्रुअरी २०१९ मा रियलमी ह्छण् प्रो ५जी र २०२१ को दोस्रो क्वाटरमा २३% शेयरको साथ भारतको शीर्ष ५जी ब्रान्ड बनेको छ । 

थप जानकारीको लागि कृपया  www.realme.com/np/ सम्पर्क गनुहोस् ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया