वैदेशिक रोजगारबाट फर्केका र जान चाहनेलाई तालिम

मंगलबार, २२ चैत्र २०७८, ११ : ४८

काठमाडौं - वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारबाट फर्केका र जान चाहने व्यक्ति तथा परिवारका लागि वित्तीय साक्षरता र उद्दमशिलता तालिम सम्पन्न गरेकोे छ । स्थानीय तहसँगको साझेदारीमा हेटौंडामा सम्पन्न दुई दिने अभिमुखीकरण तालिम प्रभावकारी रहेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलको संयोजकत्वमा संचालित उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उप प्रमुख मिना कुमारी लामा, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधकारी भरतमणि पाण्डे, श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका अधिकृत हरिहर पोखरेल, बकैया गाउँपालिका मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, बकैया गाउँपालिकाको कृषि विकास शाखा तथा पशुपंछी विकास शाखाका शाखा प्रमुखहरु, राष्ट्रिय वाणिज्य बैकका प्रतिनिधि र सामी तथा हेल्भाटास परियोजनाका पदाधिकारीहरुको सहभागितारहेको विभागले बताएको छ । 

हैटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबाट छनोट गरिएका वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने व्यक्ति तथा तिनका परिवारका चालिस भन्दा बढीको संख्यामा सहभागिता रहेको कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने व्यक्ति तथा तिनका परिवारका सदस्यहरुलाई वित्तीय साक्षरता, विप्रेषण र विप्रेषणको उत्पादनमूलक क्षेत्रमा लगानीको लागि महत्वबारे जानकारी गराइएको थियोे ।

मंगलबार, २२ चैत्र २०७८, ११ : ४८

प्रतिक्रिया