चीनमा लकडाउन : एप्पलको उत्पादन तथा बिक्रिमा समस्या

१ बर्ष अगाडि

एजेन्सी - कोभिड–१९ का कारण चीनमा लकडाउन हुँदा एप्पलको उत्पादन तथा बिक्रिमा समस्या पुगेको छ । उत्पादन तथा आपूर्तिमा समस्या हुँदा एप्पल तथा अन्य कम्पनीका स्मार्ट फोन तथा ल्यापटपको मूल्य वृद्धि हुने भएको छ ।

पछिल्लो समय यता चीनमा कोभिड–१९ संक्रमण फैलिएको छ । कोभिड संक्रमण नियन्त्रण गर्न देशका विभिन्न सहरमा लकडाउन हुँदा चीनमा हजारौँको सङ्ख्यामा रहेका फ्याक्ट्रिहरु बन्द भएका छन् । 

यसैगरी लकडाउनका कारण प्रमुख राजमार्ग तथा बन्दरगाहहरु बन्द हुँदा स्मार्ट फोन तथा ल्यापटपहरुको आपूर्ति श्रृङ्खला अवरोध भएको छ । त्यति मात्र नभई स्मार्ट फोन तथा ल्यापटपको सिपिङमै पनि समस्य उत्पन्न भएको छ ।

यसै क्रममा लकडाउनकै कारण एप्पलको साङ्घाइ र कुन्सान स्थित पलान्टहरु बन्द हुँदा आइफोन १३, आइफोन एसई र हरु मोडलका आइफोनको उत्पादन ठप्प भएको छ । 

लकडाउनका कारण एप्पलको आइफोन उत्पादनमा मासिक ६ लाख देखि १० लाख सम्म कमी आएको रोयटर्सले बताएको छ । यसरी चीनमा लकडाउन हुँदा उत्पादन तथा सिपिङमा समस्या भाग्नु बाध्य कम्पनीहरु डेल, लेनोभो पनि रहेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया