काठमाडौं - त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले पर्यटकहरुलाई भिसा शुल्क बापतको रकम ‘नगद’ नै बुझाउन आग्रह गरेपछि त्यसको व्यापक विरोध भएको छ ।
सूचना जारी भए लगत्तै सामाजिक सञ्जालमा पर्यटनसम्बद्ध व्यवसायीहरुले चर्को विरोध गरेका हुन । एटीएमको यथोचित संख्या थप्ने एवम् विद्युतीय भुक्तानीलाई समस्यारहित बनाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यालयले एक सुचना जारी गर्दै पर्यटक आगमनसँगै दिइने भिसा (अन अराइभल भिसा) जारी गर्दा तिर्नुपर्ने रकम साथमै बोक्न पर्यटकहरुलाई आग्रह गरेको हो ।
अहिले विमानस्थलमा अध्यागमनले ‘अन अराइभल’ भिसा शूल्क बैंकबाट भुक्तानी लिने व्यवस्था गरिएको छ । ती बैंकले अमेरिकी डलर तथा अन्य सटही हुने मुद्रा मात्र स्वीकार गर्ने समेत कार्यालयले जारी गरेको सूचनामा छ ।
विमानस्थलमा ग्लोबल आईएमई बैंकको एक मात्रै एटीएम रहेकाले सो एटीएममा पनि भीडभाड बढेको र त्यसमा पनि अनेक प्राविधिक समस्या देखिएकाले पर्यटकले समस्या भोग्न परिरहेको छ ।
पर्यटकहरुले विद्युतीय माध्यमबाट भिसा कार्ड, मास्टर कार्ड र अन्यबाट भीसा शूल्क तिर्न समस्या देखिएको सूचनामा जनाइएको छ । शूल्क तिर्न समस्या हुँदा यात्रुहरु विमानस्थलमै लामो समय फस्ने समस्या भएको बताउँदै पर्याप्त पैसा न्यूनतम पनि २ सय अमेरिकी डलर नगद नै बोकेर आउन कार्यालयले आग्रह गरेको हो ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.८८ | १२९.५१ |
GBP (UK POUND STERLING) | १ | १५१.४५ | १५२.१८ |
CHF (SWISS FRANC) | १ | १२३.१४ | १२३.७४ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.५८ | ८५.९९ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.६६ | ९६.१३ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.६८ | ८९.११ |
JPY (JAPANESE YEN) | १० | ९.५६ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.८५ | ३४.०१ |
THB (THAI BAHT) | १ | ३.५५ | ३.५७ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६३ | ९.६७ |
SEK (SWEDISH KRONER) | १ | १२.२६ | १२.३२ |
DKK (DANISH KRONER) | १ | १७.३२ | १७.४० |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.५९ | ४०४.५४ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९२ | ३२९.५१ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।