कर्पोरेटपे प्रणालीद्धारा १०० अर्ब बढीको कारोबार

१ बर्ष अगाडि

काठमाडौं - कर्पोरेटपे प्रणालीले चालु आर्थिक वर्षमा रु १०० अर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । 

बैंक तथा वित्तीय संस्थाका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी वर्ष दिनअघि सुरुआत गरिएको कर्पोरेटपे प्राणालीको प्रयोग निकै उत्साहजनक हुँदै आएको छ । 

हाल ४८ बैंक तथा वित्तीय संस्थामार्फत उक्त प्रणाालीमा बैंक तथा वित्तीय संस्थाका ३ हजार ६०० भन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भई कारोबार गर्दै आएका छन् । 

यस प्रणालीमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । 

उक्त प्रणाालीमा व्यावसायिक ग्राहकलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नका लागि आवश्यक Multi- Authorization तथा Multiple signatories को समेत उपयुक्त व्यवस्था रहेको छ । 

प्रणालीमा रियल टाइममा प्रतिकारोबार रु. २० लाखसम्म र नेपाल सरकारलाई बुझाउने राजस्व सोही बैंकमा भएको अवस्थामा प्रतिकारोबार रु। २०० करोड गर्न सकिन्छ । 

त्यस्तै नन–रियल टाइम कारोबारको हकमा रु. २० करोडसम्म र नेपाल सरकारको भुक्तानीका लागि रु। ३० करोडसम्म गर्न सकिन्छ । 


 

१ बर्ष अगाडि

प्रतिक्रिया