काठमाडौं - सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।
जस अनुसार कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, मोबाइल सेट, २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ) ल्याउन भने छुट छ ।
यस्तै हिरा (औद्योगिक कच्चा पदार्थ) ल्याउन भने छुट गरिएको छ । रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), जीप, कार र भ्यानहरु एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने छ ।
सबै प्रकारका खेलौनाहरु र खेल्ने तास पनि रोक लगाइएको छ । यी सामानहरु असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएको हो ।
मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।
प्रतिक्रिया