चैत महिनामा मात्रै १ खर्ब ५७ खर्ब ९३ करोडको बस्तु आयात

१ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको चैत महिनामा मात्र १ खर्ब ५७ खर्ब ९३ करोड रुपैयाँ बरावरको बस्तु आयात भएको छ । फागुन महिनामा यस्तो आयात एक खर्ब ८१ अर्ब २७ करोड रुपैयाँ बरावरको थियो ।

सरकारले विलासीका बस्तुहरुमा गरेको नियन्त्रणले चैत महिनाको आयातमा केही कमी आएको हो । चालु आर्थिक वर्षको नौ महिनासम्ममा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई १६० अर्ब ५७ करोड पुगेको छ । 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी, गलैचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आवको नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भई १४६६ अर्ब ६६ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया