आज विहीबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

१ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  

हिजो बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ 
 

१ बर्ष अगाडि

प्रतिक्रिया