ओरियण्ट होटल्स १० करोड ५२ लाख नोक्सानीमा, प्रतिशेयर आम्दानी ९.३३ रुपैंया ऋणात्मक

१ बर्ष अगाडि

काठमाडौं- ओरियण्ट होटल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासमा भन्दा चालू आवको सोही घटेको छ । कम्पनीले गत आवमा २१ करोड १८ लाख नोक्सानीमा रहेकोमा चालू आवमा १० करोड ५२ लाखमा झरेको हो । 

गत आवको तुलनमा कम्पनीको खुद आम्दानी ३७८ प्रतिशत वृद्धि भएको हो भने सञ्चालन आम्दानी ४०५ प्रतिशत वृद्धि भएको हो । सञ्चालन आम्दानी गत आवमा ५ करोड ५९ लाख रहेकोमा चालू आवमा वृद्धि भएर २८ करोड ३० लाख पुगेको हो । त्यसैगरी कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड रहेको छ भने जगेडामा  ७९ करोड ७ लाख सञ्चित गरेको छ । 

कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ९.३३ रुपैंया ऋणात्मक रहेको छ । त्यसैगरी प्रतिशेयर नेटवर्थ  १७०.१० रुपैंया रहेको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया