इन्धनको मूल्यवृद्धि फिर्ता नभएमा कडा आन्दोलनको चेतावनी !

१ बर्ष अगाडि

काठमाडौं- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले त्काल मूल्यवृद्धि फिर्ता तथा नियन्त्रणमा नलिए आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

बरालले सरकारले गरेको पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध देशभर आन्दोलन गर्न अनेरास्ववियुका मातहतका कमिटीलाई निर्देशन दिएकी हुन् 

सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । सरकारको सोही कदमको विरुद्धमा अनेरास्ववियुले कडा शब्दमा आपत्ति जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया