बालेनले केशवसँगको मतान्तर बढाउँदै, केशव र सिर्जनाको मत जोडेर पनि ४६ मतले अघि

१ बर्ष अगाडि

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै फराकिलो बनाएका छन्। 

पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार २४१  मत ल्याएका छन् भने एमालेका केशव स्थापितले ५४५३ मत ल्याएका छन् । नेपाली काँग्रेसकी सिर्जना सिंहले ४७४२ मत ल्याएर तेश्रो स्थानमा रहेकी छिन् ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेका सुनिता ड‍ंगोलले ९४२१ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वीमा नेकपा एसका रामेश्वर श्रेष्ठले २६६४  र राप्रपाका  विनिता मजगैयाले २००४ मत पाएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया