काठमाडौंमा जुत्ता चप्पल मेला जारी, ग्राहकको उपस्थित बाक्लो बन्दै

१ बर्ष अगाडि

काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेलामा अवलोकनकर्ताको आकर्षण देखिएको छ । स्थानीय चुनावपछि राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मतगणना भइरहेकाले मत गणनामा आउनेहरुले पनि चासोका साथ मेलाको अवलोकन गरिरहेको देखिन्छ । 

फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा वैशाख १५ बाट जारी मेला अन्तिम चरणमा पुगेको छ । मेलामा अवोलकन गर्न आउनेको उपस्थिति पनि उत्साहजनक रहेको देख्न सकिन्छ । मेला अब एक साता मात्रै बाँकी रहेकाले आगामी दिनमा अवलोकनकर्ता र ग्राहकको उपस्थित अझै बाक्लो हुने आयोजकले विश्वास लिएको छ । यो मेला जेठ ८ सम्म सञ्चालन हुनेछ ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै मेलामा १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । प्रशिद्ध स्वदेशी ब्राण्डका जुत्ता चप्पल मेलामा प्रदर्शनी तथा बिक्रीका लागि राखिएकाले धेरैको रोजाईमा परेको छ । 

आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ मेलामा २२ कम्पनीका करिब सय वटा स्टल छन् ।

गोल्डस्टार, शिखर सुज, बिएफ डियर हिल, रोयल, रन सुज, सुल्याण्ड, कोशेली, क्रसरोड, केटिएम सुज, स्मार्ट, फस्टवाल्क, वान वल्र्ड, हाइलाइफ, सिल सुज, ह्याप्पी, बोस सुज, फस्ट स्टेप, बाम्बो सुज, बिएफ स्पोर्टस् लगायतका ब्राण्डका जुत्ता चप्पल मेलामा प्रदर्शनी एवं बिक्रीमा छन् ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया