११ महिनामा पेट्रोलियम पदार्थको आयातमा झण्डै ३ खर्ब नेपाली रुपैयाँ बाहिरियो

१ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातमा झण्डै ३ खर्ब नेपाली रुपैयाँ बाहिरिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार डिजेल, पेट्रोल तथा खाना पकाउने एलपी ग्यासको आयातमा दुई खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४३ हजार नेपाली रुपैयाँ बहिरिएको हो ।

जसमा सबैभन्दा धेरै डिजेल आयातमा एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार, पेट्रोलमा ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार र एलपी ग्यासको आयातमा ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार बढी बाहिरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया