आइएमई पेबाट हवाई उडान टिकट काट्दा हाइएस्ट क्यासब्याकका साथै थप रु. ३०० बोनस

१ बर्ष अगाडि

काठमाडौं- आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ।

‘उच्च तापक्रममा उच्चतम छुट’ नामक ‘फ्ल्यास सेल’ किसिमको अफरमार्फत यात्रुहरुले मंगलबार र शनिबारको दिन दिउँसोको ३ बजेदेखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकका साथै थप रु. ३०० बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाएको छ।  

साधारणतया अरु वालेट एपहरुभन्दा बढी क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधिभरि हप्ताको २ दिन (मंगलबार र शनिबार) केवल १ घन्टाका लागि सो अफरमार्फत थप रु. ३०० बोनस यात्रुलाई प्रदान गर्ने कम्पनीले प्रस्टाएको छ। असार ७ गतेदेखि सुरु भएको यस अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया